कोलम्बो । श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक) अनुसार मे २०२५ मा समग्र महँगी दर ०.६ प्रतिशत पुगेको छ । यो दर अघिल्लो महिना अर्थात् अप्रिल २०२५ मा -०.८ प्रतिशत थियो । यो विवरण श्रीलंकाको जनगणना तथा तथ्यांक विभागले सार्वजनिक गरेको हो ।
प्रकाशित तथ्यांकअनुसार खाद्य वस्तुहरुको वार्षिक महँगी दर अप्रिलमा २.९ प्रतिशत थियो भने मे महिनामा बढेर ५.९ प्रतिशतमा पुगेको छ । खाद्य बाहेकका वस्तु तथा सेवाहरुको महँगी दर भने मे महिनामा -३.४ प्रतिशत देखिएको छ, जुन अप्रिलमा -३.७ प्रतिशत थियो ।
सन् २०२२ को सेप्टेम्बर महिनामा श्रीलंकामा गम्भीर आर्थिक संकटका कारण महँगी दर ६९.८ प्रतिशतसम्म पुगेको थियो। त्यसयता महँगीमा क्रमिक रुपमा गिरावट आइरहेको देखिन्छ । सिन्ह्वा

