Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ललितपुर महानगरबाट रु सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको बजेट प्रस्तुत

ललितपुर महानगरबाट रु सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको बजेट प्रस्तुत

आर्थिक पत्र
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौः ललितपुर महानगरले आर्थिक वर्ष २०८२/८३ का लागि रु सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ ।
        
    आज बसेको नगरसभाको बैठकमा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बजेट प्रस्तुत गर्नुभएको हो । उहाँका अनुसार चालुतर्फ रु दुई अर्ब ९६ करोड ६४ लाख १८ हजार र पुँजीगततर्फ रु चार अर्ब ५० करोड ७७ लाख २९ हजार विनियोजन गरिएको छ । 
        
    बजेटमा स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ४१ करोड २७ लाख ९४ हजार र प्रदेश सरकारबाट रु १८ करोड २७ लाख ७२ हजार प्राप्त हुने अनुमान प्रस्तुत गरिएको छ । 

    त्यस्तै, आन्तरिक आयबाट रु तीन अर्ब ७१ करोड ४६ लाख ९१ हजार सङ्कलन हुने अनुमान बजेटमा प्रस्तुत गरिएको छ । 
        
    महानगरबाट हुने विकास निर्माणमा जनसहभागिता बापत रु आठ करोड ५० लाख प्राप्त हुने अपेक्षा गरिएको छ भने अन्तर सरकारी अख्तियारीबाट रु ९५ करोड १५ लाख प्राप्त हुने अनुमान छ । विनियोजन बजेटका लागि नपुग हुने रु एक अर्ब १२ करोड ७३ लाख ९० हजार नगद मौज्दातबाट बेहोरिने उपप्रमुख बज्राचार्यले उल्लेख गर्नुभयो । 
        
    नगरलाई समृद्धि र सुशासन सम्पदा र संस्कृति संरक्षण, दिगोे पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घरघर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।
        
    यही असार ६ गतेको नगरसभाको पहिलो बैठकमा महानगर प्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे । सोही नीति तथा कार्यक्रमका आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार