Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आर्थिक सूचक सकारात्मक भए पनि सात बुँदे सहमतिमा प्रश्न खडा भयो : नैनसिंह महर

आर्थिक सूचक सकारात्मक भए पनि सात बुँदे सहमतिमा प्रश्न खडा भयो : नैनसिंह महर

आर्थिक पत्र
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका छन् । 

    स्कुल अफ डेमोक्रेसी नामक संस्थाले सोमबार काठमाडौंमा आयोजना गरेको ‘जनता र सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस–एमालेले सात बुँदे सहमति कार्यान्वयन गर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।  

    ‘एक वर्षअघि सरकार निर्माणताका बेला गरेको संविधान संशोधनसहितको सातबुँदे सहमति पूरा हुनु त कता हो कता, कार्यान्वयनतर्फ प्रवेश समेत भएको छैन,’ महरले भने, ‘आशा जगाउने जनताले खोजेको सुशासन र भ्रष्टाचार रोक्न पनि सरकारले खासै उपलब्धि हात पार्न सकेको छैन ।’

    सुशासन र संविधान संशोधनसहितको सातबुँदे सहमति कार्यान्वयनमा प्रश्न उठे पनि गठबन्धन सरकारको एक वर्षे अवधिमा आर्थिक सूचकहरू सकारात्मक देखिएका उनको भनाइ थियो । 

    ‘थुप्रै नयाँ नीति–नियम बनेका छन्, कानुन निर्माणले गति पाएको छ । यसले व्यापार गर्न सहज भएको भनिएको छ,’ महरले भने । उनले लामो समयदेखि रोकिएका शान्ति प्रक्रियाका कामहरू र नागरिकता ऐन संशोधनजस्ता महत्वपूर्ण विषय पनि टुङ्ग्याइएको उल्लेख गरे । 

    सरकारी कार्यालयबाट सेवा लिन सहज होस् भनेर अनलाइन प्रणालीको विकास गरिएको र राजनीतिक रूपमा देशमा स्थिर सरकार बनेको कुरा आफैँमा एउटा ठूलो उपलब्धि भएको महरको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार