Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एक वर्षमा ६५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण

एक वर्षमा ६५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण

आर्थिक पत्र
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं । गत आर्थिक वर्षमा झण्डै ६५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । विदेशी लगानीकर्ताहरुले गत आवको साउनदेखि चालु असारसम्म ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् ।

    उद्योग विभागका अनुसार विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ६० अर्ब ३५ करोड तथा स्वचालित प्रणालीबाट ४ अर्ब ६१ करोड गरी कुल ६४ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग विभागका अनुसार ८४० उद्योगका लागि सो लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

    विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट एक वर्षमा ३८९ उद्योगका लागि ६० अर्ब ३५ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट ४५१ उद्योगका लागि ४ अर्ब ६ करोड १२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

    गत आर्थिक वर्षमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३८ उद्योगका लागि २ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै ७० वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ ।

    उद्योग विभागका एक वर्षको अवधिमा ८२४ वटा साना उद्योग, १० वटा मध्यम र ६ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १९ हजार ५३६ जनाले रोजगारी पाउनेछन् ।

    उद्योग विभागका अनुसार हालसम्म ७ हजार २३९ उद्योगका लागि कुल ५ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । हालसम्म स्वचालित प्रणालीबाट ५९० उद्योगका लागि १२ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ६४९ उद्योगका लागि ५ खर्ब ९९ अर्ब १९ करोड ७८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता अनुसारको लगानी भएमा ३ लाख ४७ हजार ३२४ रोजगारी सिर्जना हुने विभागको भनाइ छ । 

    null

    पर्यटन उद्योग विदेशी लगानीकर्ताको रोजाईमा 

    सबैभन्दा बढी लगानी प्रतिबद्धता सूचना तथा प्रविध उद्योग र पर्यटनमा आएको छ। सूचना तथा प्रविधि ४६ प्रतिशत, पर्यटनका उद्योगमा ३६ प्रतिशत, सेवा क्षेत्रमा १० प्रतिशत, उत्पादन क्षेत्रमा ७, कृषिमा एक तथा पूर्वाधार क्षेत्रमा २ प्रतिशत लगानी प्रतिबद्धता आएको छ । 

    विभागका अनुसार गत आर्थिक वर्षमा ८४० वटा उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता प्राप्त भएकोमा पर्यटन क्षेत्रका ३०४ वटा उद्योगहरुका लागि २६ अर्ब ८२ करोड ४२ लाख बराबरको लगानी प्रतिवद्धता आएको हो । रकमका आधारमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै लगानी प्राप्त भएको हो । 

    यस्तैसेवा क्षेत्रका ८४ वटा उद्योगका लागि ३० अर्ब ९० करोड ७७ लाख लगानी प्रतिबद्धता प्राप्त भएको छ । सूचना प्रविधि क्षेत्रमा ३८२ वटा उद्योगका लागि १ अर्ब ८४ करोड ९६ लाख लगानी आएको छ । उत्पादन क्षेत्रका ५५ वटा उद्योगका लागि ३ अर्ब ८४ करोड २० लाख रुपैयाँ, कृषिका १२ वटा उद्योगका लागि १ अर्ब ४६ करोड ६० लाख, पूर्वाधार क्षेत्रको २ उद्योगका लागि ५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । 

    असारमा ४ अर्ब ३५ करोडको लगानीको प्रतिबद्धता

    गत आवको अन्तिम महिना असारमा मात्रै ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार १२३ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो । असारमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ८१ उद्योगमा ७४ करोड ४७ लाख रुपैयाँ र अप्रुभल रुटबाट ४२ उद्योगमा ३ अर्ब ६१ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

    null

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार