Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

क्षेत्रगत कृषि कर्जा ३.३४ प्रतिशतले वृद्धि

क्षेत्रगत कृषि कर्जा ३.३४ प्रतिशतले वृद्धि

आर्थिक पत्र
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय नेपालमा क्षेत्रगत कृषि कर्जामा वृद्धि भएको बताएको छ।

    राष्ट्र बैंकले जारी गरेको आर्थिक गतिबिधि अध्ययन प्रतिबिेदन २०८१/८२ मा उल्लेख भएअनुसार २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित क्षेत्रगत कर्जा ३.३४ प्रतिशतले बढेर ३ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

    गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४.११ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ६९ अर्ब ३६ करोड रुपैयाँ कर्जा पशुपालन शीर्षकमा प्रवाह भएको छ भने सबैभन्दा कम सुर्तीमा २४ करोड १४ लाख रुपैयाँ प्रवाह भएको छ।

    कृषि क्षेत्रमा प्रवाहित कर्जामा कोशी प्रदेशको अंश १६.६६ प्रतिशत, मधेश प्रदेशको अंश १८.९२ प्रतिशत, बागमती प्रदेशको अंश ३५.१६ प्रतिशत, गण्डकी प्रदेशको अंश ७.६२ प्रतिशत, लुम्बिनी प्रदेशको अंश १५.३४ प्रतिशत, कर्णाली प्रदेशको अंश १.५१ प्रतिशत र सुदूर पश्चिम प्रदेशको अंश ४.७९ प्रतिशत रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार