काठमाडौँ । रिचेत जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।
यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
उक्त सम्झौतापत्रमा जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पौडेल र कम्पनी सचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् ।


