Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

राजस्व सङ्कलनमा ७ प्रतिशत बढीले वृद्धि

राजस्व सङ्कलनमा ७ प्रतिशत बढीले वृद्धि

आर्थिक पत्र
मंगलवार, श्रावण ६ २०८२
  • कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम आर्थिक वर्ष २०८०–०८१ को तुलनामा ७ दशमलव ४४ प्रतिशतले बढी हो ।

    कार्यालयले गत आर्थिक वर्षमा तीन अर्ब ५३ करोड ५८ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ८१ दशमलव ३९ प्रतिशत सङ्कलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए ।

    गत आवको लक्ष्य बराबरको राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी सङ्कलन भएको उनले बताए ।

    राजस्व कार्यालयले गत आवमा आयकर अन्तर्गत साझेदारी आयकरबाट २६ करोड ७३ लाख आठ हजार, व्यक्तिगत आयकरबाट एक अर्ब २७ करोड ५९ लाख ८१ हजार, अन्तःशुल्क आयकरबाट १६ करोड ४३ लाख ९५ हजार र मूल्य अभिवृद्धि करबाट एक अर्ब ११ करोड चार लाख ४३ हजार राजस्व सङ्कलन गरेको उनले बताए ।

    आव २०८०–०८१ मा तीन अर्ब आठ करोड ४१ लाख ४० हजार लक्ष्य लिएकामा दुई अर्ब ६७ करोड ८४ लाख ७५ हजार राजस्व सङ्कलन गरेको थियो । (रासस)

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार