काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । बिहिबार भने सुन तोलामा ५ सय रुपैयाँले घटेको थियो ।
तेजाबी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार चाँदी प्रतितोलामा १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ


