Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ लाखभन्दा बढीले पाए १०-१० कित्ता

हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ लाखभन्दा बढीले पाए १०-१० कित्ता

आर्थिक पत्र
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं। हिमालयन बैंक लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (एफपीओ) आज (मंगलबार) बाँडफाँट गरिएको छ। कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान औपचारिक रुपमा बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको हो।

    बैंकले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा रू. ५७ प्रिमियम थप गरी रू. १५७ मा एफपीओ निष्काशन गरेको थियो। कुल ९२ लाख ५० हजार ४६९ कित्ता शेयर असार ३१ गतेदेखि साउन ४ गतेसम्म सार्वजनिक रूपमा बिक्रीमा ल्याइएको थियो।

    एफपीओमा उल्लेख्य सहभागिता देखिएको छ। कुल १८ लाख २५ हजार ९२२ लगानीकर्ताबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन वैध ठहरिएको छ भने बाँकी आवेदनहरू विभिन्न कारणले अस्वीकृत भएका छन्।

    माग अत्यधिक भएपछि बाँडफाँड गोलाप्रथामार्फत गरिएको हो। यस प्रक्रियाबाट ९ लाख २५ हजार ४६ जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँडपछि बाँकी रहेका ९ कित्ता शेयर २० कित्ताका लागि आवेदन दिएका सहभागीहरूमा वितरण गरिएको छ। यसअनुसार ९ जनाले थप एक कित्ता प्राप्त गर्दै ११–११ कित्ता शेयर पाएका छन्।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार