काठमाडौँः नवलपरासी,यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीले आर्थिक वर्ष २०८१।०८२ मा कुल २१ करोड ५० लाख ६९ हजार २० रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कार्यालयले करिब ९ प्रतिशत राजस्व वृद्धि गर्न सफल भएको हो। गत वर्ष सो कार्यालयले २० करोड ३८ लाख ७ हजार १ सय ५६ रुपैयाँ राजस्व संकलन गरेको थियो।
कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष संकलित कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा सवारी करबाट आएको हो। सवारी करबाट १६ करोड १२ लाख ९३ हजार ५ सय ४५ रुपैयाँ संकलन भएको छ।
त्यसैगरी,
सवारी नवीकरणबाटः १ करोड १७ लाख ११ हजार रुपैयाँ
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)बाटः ३ करोड ६८ हजार रुपैयाँ
रुट परमिट तथा इजाजतपत्रबाटः ६२ लाख ६५ हजार ६८० रुपैयाँ
आयकर शीर्षकबाटः ५७ लाख ३० हजार ७ सय ९५ रुपैयाँ संकलन गरिएको हो।
कार्यालय प्रमुख श्यामलाल न्यौपानेका अनुसार कार्यालयले सवारी कर नवीकरण, लुम्बिनी प्रदेश भित्रका रुट परमिट तथा जाँचपास नवीकरण लगायतका सेवा नियमित रूपमा प्रदान गर्दै आएको छ। साथै, मोटरसाइकल, स्कुटर, कार र अटो रिक्साका लागि नयाँ सवारी चालक अनुमतिपत्र वितरण समेत भइरहेका छन्।

