Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

घट्यो नेप्से

घट्यो नेप्से

आर्थिक पत्र
आइतवार, श्रावण २९ २०७९
  • काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । कारोबारको सुरुमा घटेर पुनः बढ्ने संकेत गरेको नेप्से परिसूचक अन्त्यमा २७.९२ अंक घटेर २०१०.०१ को विन्दुमा सिमित हुन पुगेको छ।

    images

    कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ८.९६, विकास बैंक ४७.४७, वित्त कम्पनी ४५.१०, जलविद्युत ४६.३८, जीवन बीमा २३३.६८, उत्पादन तथा प्रशोधन १९०.७३, माइक्रोफाइनान्स ५०.५०, निर्जीबन बीमा समूहको उपसूचक ५३.७४ अंकले घटेको छ ।

    यसबीच २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँमा किनबेच भएको छ ।


     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार