Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अनुदान कटाैती पछि उखुँ किसानद्धारा प्रदर्शन, माग पुरा नभए भदाैं ८ मा माइतीघर मण्डलामा जाने

अनुदान कटाैती पछि उखुँ किसानद्धारा प्रदर्शन, माग पुरा नभए भदाैं ८ मा माइतीघर मण्डलामा जाने

आर्थिक पत्र
बुधवार, श्रावण २१ २०८२
  • रौतहट । सरकारद्वारा उखुमा दिइँदै आएको प्रतिक्विन्टल  ७० रुपैयाँ अनुदान हटाउने नीति विरुद्ध रौतहटका उखु किसानहरू फेरि एकपटक सडकमा उत्रिएका छन्।

    कटहरिया नगरपालिका ९ स्थित बाबा बैजूनाथ शुगर एण्ड केमिकल्स मिल्स अगाडि किसानहरूले टायर बाल्दै आक्रोश प्रकट गरेका छन्।


    उखु उत्पादक संघ, रौतहटको अध्यक्ष अशोक यादवको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा किसानहरूले निम्न प्रमुख मागहरू अघि सारेका छन्, उनीहरूको माग छ, ‘प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तत्काल उपलब्ध गरियोस् ।’ आर्थिक वर्ष २०८२÷८३ को उखु मूल्य तत्काल निर्धारण गरियोस्, पुरानो बाँकी अनुदान रकम तुरुन्त भुक्तानी गरियोस्’ भन्ने माग रहेको छ । 


    प्रदर्शनपछि आयोजित कोणसभामा किसान नेताहरू अशोक यादव, रामभरोस यादव, कुमार चौलागाईं र राजकुमार दास लगायतले आक्रोश व्यक्त गर्दै चेतावनी दिए,  “यदि सरकार गम्भीर भएन भने आगामी भदौ ८ गतेदेखि माइतीघर मण्डलामा धर्ना सुरु हुनेछ।”


    संघर्षरत किसानहरूको पक्षमा बोलेका बाबा बैजूनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले पनि सरकारलाई अपिल गर्दै किसानको जायज माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। उक्त कोणसभामा किसान नेताहरूले सम्पूर्ण किसान साथीहरूलाई एकजुट भई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार