Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

माघ महिनाभित्र काठमाडौं र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्छौँ : सञ्चारमन्त्री

माघ महिनाभित्र काठमाडौं र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्छौँ : सञ्चारमन्त्री

आर्थिक पत्र
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्ने बताएका छन् । 

    तामाङ पत्रकार संघको ३१ औँ प्रसारण दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामासमेत माघ महिनाभित्र फाइव जी सेवा शुभारम्भ गर्ने उल्लेख भएअनुसार पहिलो चरणमा काठमाडौं उपत्यका र पोखराबाट सो सेवा शुभारम्भ गरिने बताएका हुन् ।

    उनले डिजिटल नेपालको कार्यक्रमलाई प्रभावकारी बनाउन देशैभर इन्टरनेटको गुणस्तर वृद्धिका लागि काम भइरहेको जानकारी दिए । गुरुङले हुलाक टिकटदेखि आवश्यक सबै कुराको छपाइका लागि सुरक्षण मुद्रण केन्द्रलाई तयारी अवस्थामा राखिएको जिकिर गरे ।

    उनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारप्रति जिम्मेवारभन्दा पनि जनताप्रति जिम्मेवार बनाउन सार्वजनिक सेवा प्रसारण (पिएसबी) को रूपमा सञ्चालन गरिएको धारणा राखे ।

    उनले संविधान र कानुनमा कुनै पनि शब्द दोहोरो अर्थ राख्ने उल्लेख भए त्यसको दुरुपयोग हुनेप्रति कानुन बनाउनेहरू सजक हुनुपर्ने बताए ।  

    त्यस्तै उनले मिडिया काउन्सिललाई सरकारले स्वायत्त बनाउनेमा ध्यान दिएको समेत बताए । उनले सामाजिक सञ्जाललाई समेत नियमन गर्ने गरी विधेयक आउने जानकारी दिए । कार्यक्रममा मन्त्री गुरुङले दुई जना पत्रकारलाई तामाङ पत्रकार अवार्डबाट सम्मान गरेका थिए  । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार