Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

करका दर हेरफेर गरिएको भन्दै माओवादीद्वारा सरकारसँग जवाफ माग

करका दर हेरफेर गरिएको भन्दै माओवादीद्वारा सरकारसँग जवाफ माग

आर्थिक पत्र
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौँ । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले करका दर हेरफेर गरिएको भन्दै सरकारको जवाफ माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री रहेका सांसद वर्षमान पुनले पहिलो चौमासिक मै करका दर हेरफेर गर्ने के कारण आइलाग्यो भन्दै सरकारको जवाफ माग गरेका हुन् ।पुनले सरकारका तर्फबाट अर्थमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए । उनले सदन चलिरहेको बेलामा पहिलो चौमासिकमै सदनलाई जानकारीबिनै करका दर हेरफेर गर्नु अन्तर्राष्ट्रिय करको सिद्धान्त विपरीत भएको भएको बताए । 

    पूर्वअर्थमन्त्री पुनका अनुसार सरकारले सुन तथा सुनका गरगहनामा लगाएको २ प्रतिशत विलासिता शुल्क हटाएको छ । काटी, किसमिस, ग्रेप जुसलगायतमा अन्तःशुल्क ३५ प्रतिशत घटाइएको छ । औषधि र प्याकेजिङमा प्रयोग हुने बोटलमा लगाइएको १५ प्रतिशत अन्तःशुल्क घटाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार