काठमाडौँ । आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाज टिमले केएल दुगड ग्रुपसँग मुख्य प्रायोजन सम्झौता गरेको छ। सम्झौता अनुसार दुगड ग्रुपको ज्ञान ब्रान्ड टिमको जर्सी, मिडिया तथा सामाजिक सञ्जालमा मुख्य प्रायोजकका रूपमा रहनेछ।
सम्झौता कार्यक्रममा दुगड ग्रुपकी कार्यकारी निर्देशक भावीका दुगडले महिला खेलाडीहरूको प्रतिभा र सशक्तीकरणमा साथ दिन पाएकोमा गर्व लागेको बताइन्।
लुम्बिनी लाभाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू समेटेर बलियो टिम तयार पारेको जनाएको छ। टिम व्यवस्थापनले केएल दुगड ग्रुपको साथले खेलाडीको मनोबल बढ्ने र लिगमा उत्कृष्ट प्रदर्शन हुने विश्वास व्यक्त गरेको छ।
वात्सल्य एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुने कार्यक्रम छ।

