Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी नियुक्त

भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी नियुक्त

आर्थिक पत्र
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं– भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान ‘इन्टरनेट फर ड्रिमर्स’ को सुरुवात गरेको छ ।

    यस अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ ।

    सुशान्त केसीको यात्रा इन्टरनेटबाटै सुरु भएको थियो ।  भायानेटले सुशान्तकै जस्तै सपना देख्ने अन्य युवाहरूलाई साथ दिने उद्देश्यले यो अभियान ल्याएको जनाएको छ ।

    कम्पनीका अनुसार ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक कार्यक्रमहरू, र अनुभव आदानप्रदान गर्ने गतिविधिहरू मार्फत अगाडि बढाइनेछ  ।

    यस अभियानले कन्टेन्ट क्रिएटर तथा डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकहरूलाई भायानेटसँगै ठूला सपना देख्न र इन्टरनेटको सही प्रयोग गरि ती सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार