Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

एनआईसी एशियाका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा १५ प्रतिशत छुट

एनआईसी एशियाका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा १५ प्रतिशत छुट

आर्थिक पत्र
शुक्रवार, भाद्र २० २०८२
  • काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । 

    यस समझदारीसँगै यस बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । 

    बैंकका ग्राहकले उक्त हस्पिटलमा सामान्य शय्या-अस्पताल भर्ना, केबिन-अस्पताल भर्ना, आईसीयू बेड, भेन्टिलेटर, सामान्य शल्यक्रिया, अर्थोपेडिक, स्त्री रोग, ल्याप्रोस्कोपिक अपरेशन, प्याथोलोजी परीक्षण, भिडियो एक्स-रे, एक्स-रे, ईसीजी, इको, टीएमटी, इन्डोस्कोपी र मेडिसिनमा सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । 

    यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक  एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार