Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

वाणिज्य विभागले १२६ वटा उद्योगलाई तिरायो ८० लाखभन्दा बढी जरिवाना

वाणिज्य विभागले १२६ वटा उद्योगलाई तिरायो ८० लाखभन्दा बढी जरिवाना

आर्थिक पत्र
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउनदेखि हालसम्म ६५० वटा  उद्योग तथा फर्मको अनुगमन गरेको छ । आइतबार विभागमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक रोशन ज्ञवालीले सो कुराको जानकारी दिएका हुन् । 

    उनले त्यसयता ६५० वटाको अनुगमन भएकोमा १२६ वटा फर्मलाई जरिवाना गरेको जानकारी दिए । ज्ञवालीले भने, ‘साउनदेखि भदौ २० गतेसम्म ६५० फर्म तथा उद्योगमा अनुगमन गरियो । यसमध्ये कानुन विपरीत व्यापार व्यवसाय गर्दै आएका १२६ फर्म तथा उद्योगहरूलाई ८० लाखभन्दा बढी जरिवाना तिराएका छौँ ।’ 

    एनका अनुसार वस्तुमा एमआरपी सहितको लेबल नराख्ने, बिलबिजक जारी नगर्ने, रिलेबलिङ जस्ता गैरकानुनी गतिविधि गर्ने उक्त फर्महरूलाई ८० लाख ६५ हजार रुपैयाँ बराबर जरिवाना गरिएको हो । यस्तै २२० फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको र ३०४ फर्मलाई सामान्य निर्देशन दिइएको उनले बताए ।

    त्यस्तै आउँदो चाडपर्वलाई लक्षित गरी बजारमा अनुगमनको दायरा बढाइएको समेत ज्ञवालीले बताए । चाडपर्वको बेलामा बजारमा वस्तु अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने तथा कालोबजारी गर्ने लगायतका गतिविधि बढ्ने भएकाले उक्त गतिविधि रोक्नका लागि विभागले अन्य सम्बन्धित निकायको पहलमा बजार अनुगमनलाई कडाइ गर्ने उनको भनाइ थियो ।  

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार