Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

उपत्यका प्रहरी प्रमुखमा एआईजी दानबहादुर कार्की नियुक्त

उपत्यका प्रहरी प्रमुखमा एआईजी दानबहादुर कार्की नियुक्त

आर्थिक पत्र
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ । यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरकारले एआईजी दानबहादुर कार्कीलाई प्रमुखको रूपमा खटाएको छ ।

    उनले मंगलबारदेखि जिम्मवारी सम्हालिसकेका हुन् । यसअघि उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी टेक तामाङले सम्हालेका थिए । जो गत साता अवकाश पुगेका थिए । 

    सोमबार बानेश्वरमा भएको जेनजीको प्रदर्शनको बेला कार्यालय प्रमुखविहीन रहेको थियो, र डीआईजी रानाले निमित्त प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै स्थिति व्यवस्थापन गरेका थिए । एआईजी कार्कीको खटाइसँगै उपत्यकामा जारी सुरक्षा व्यवस्थापन र प्रदर्शन नियन्त्रणमा थप सशक्त नेतृत्व रहने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार