Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

भाटभटेनीको प्रतिबद्धताः ठूलो क्षतिपछि पुनर्निर्माण र पुनःउत्थानमा दृढ संकल्प

भाटभटेनीको प्रतिबद्धताः ठूलो क्षतिपछि पुनर्निर्माण र पुनःउत्थानमा दृढ संकल्प

आर्थिक पत्र
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौँ । हालैको घटनामा ठूलो क्षति भोगेपछि भाटभटेनी सुपरमार्केटले पुनर्निर्माण र पुनःउत्थानप्रति आफ्नो दृढ संकल्प व्यक्त गरेको छ। सार्वजनिक रूपमा जारी गरिएको सन्देश मार्फत सुपरमार्केटले आफूहरू अझ मजबुत भएर फर्किने प्रतिवद्धता जनाएका छन्।

    सन्देशमा भनिएको छ, “ध्वस्त भए पनि हाम्रो हौसला चिरेको छैन। तपाईंहरूको साथ र समर्थन हाम्रो सबैभन्दा ठूलो शक्ति हो। प्रत्येक शब्द, प्रत्येक व्यवहार र सहयोगी हातहरूले हामीलाई फेरि अगाडि बढ्ने प्रेरणा दिइरहेका छन्।”

    भाटभटेनी परिवारले हजारौं सहयोगी हातहरूको उल्लेख गर्दै अहिले सफाइ तथा पुनर्निर्माणमा तीव्र रूपमा कार्य भइरहेको जानकारी दिएको छ।

    “दुःखद क्षण गुज्रिए, तर आशा हराएको छैन। भाटभटेनी फेरि उभिनेछ र तपाईंहरूको साथमा भविष्य अझ उज्यालो हुनेछ,” सन्देशमा उल्लेख गरिएको छ।

    यस कठिन परिस्थितिमा सार्वजनिक समर्थन र सहयोगप्रति आभार व्यक्त गर्दै सुपरमार्केटले निकट भविष्यमा सेवा पुनः सुरु गर्ने विश्वास पनि व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार