Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

खर्च कटौतीका लागि १० हजार कर्मचारीको दरबन्दी कटौती गरिँदै

खर्च कटौतीका लागि १० हजार कर्मचारीको दरबन्दी कटौती गरिँदै

आर्थिक पत्र
बुधवार, आश्विन १ २०८२
  • काठमाडौं । सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । नयाँ सरकार बनेसँगै खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने निर्णय भएको हो ।मंगलबार सिंहदरबारमा बसेको मुख्यसचिवसहित सचिवहरूको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर खर्च कटौती गर्ने र अत्यावश्यकबाहेकका कर्मचारीको संख्या घटाउने निर्णय गरेको हो ।

    निजामती सेवाका सचिवहरूको उक्त बैठकले संघीय सरकार मातहत रहेको जम्मा दरबन्दीको २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । एक सचिवका अनुसार संख्यात्मक हिसाबले १० हजारभन्दा धेरै दरबन्दी कटौती हुनेछ ।स्रोतका अनुसार कर्मचारीहरू मन्त्रालय, सचिवालय, आयोग तथा कार्यालयबाट कटौती सुरु गर्ने निर्णय गरेको र यसलाई असोजभित्रै स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिने छ । कर्मचारीहरूले गरेको संशोधित दरबन्दी स्वीकृतिको निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ ।

    सचिवहरूको बैठकले अनावश्यक देखिएका निकाय खारेज, गाभ्ने र हस्तान्तरणको काम पनि तत्कालै सुरु गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार