Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एडिबीले भन्यो, '-नेपालमा आर्थिक विकासमा नयाँ सरकारलाई सघाउँछौं'

एडिबीले भन्यो, '-नेपालमा आर्थिक विकासमा नयाँ सरकारलाई सघाउँछौं'

आर्थिक पत्र
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एशियाली विकास बैँकका कन्ट्री डाईरेक्टर आर्नो कोस्वा बीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ ।

    उक्त बैठकमा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र एशियाली विकास बैँकको सहयोगमा सञ्चालित कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरे । 

    छलफलका क्रममा अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु रहेको र परिवर्तित समयमा युवाहरुको चाहनाबमोजिम सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए ।

    मन्त्री खनालले उर्जा¸ भौतिक पूर्वाधार¸ खानेपानी तथा विभिन्न विकास आयोजना लगायतका क्षेत्रमा एशियाली विकास बैँकले महत्वपूर्ण भूमिका खेलेको विषय उल्लेख गर्दै चालु आयोजनाहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।    

    एशियाली विकास बैँकका कन्ट्री डाईरेक्टर कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराए । उक्त बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय¸ वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख श्री धनीराम शर्मा समेतको उपस्थिति रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार