काठमाडौं युरोपेली डायपर नेपाली बजारमा आएको छ । Ontex Global EU Based Belgium मा अवस्थित बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको अनटेक्स डाइपर नेपाली बजारमा उपलब्ध भएको हो । स्वास्थ्य र हाइजिन उत्पादनमा विश्वभर परिचित रहेको उक्त डाइपर ११० भन्दा बढी देशहरूमा-युरोपदेखि मध्य पूर्व, उत्तर र दक्षिण अमेरिका सम्म पुग्ने गरेको कम्पनीले जनाएको छ । सुरक्षा र विश्वासनीयताको लागि परिचित रहेको यो डाइपर युरोपेली मापदण्ड अनुसार निर्माण गरिएको छ।
Ontex Global ले संसारभर अनुसंधान तथा विकासमा उत्कृष्ट लगानी गर्दै, युरोपेली मापदण्डअनुसारका उत्पादनहरू बजारमा ल्याएको छ। Ontex Global का संसारभर रहेका १२ वटा गीगा फ्याक्ट्री, ५५०० भन्दा बढी कर्मचारी र वार्षिक २ अर्ब यूरोको कारोबार रहेको छ।

युरोपेली मापदण्ड अनुसारको उत्पादन, जुन पूर्ण रूपमा रासायनिक मुक्त, अति-मुलायम र चुहावट–रोधक रहेको कम्पनीले जनाएको छ। छाला विज्ञद्वारा परीक्षण गरिएको (Sensitive Skin Friendly) र युरोपेली गुणस्तर अनुसार EU प्रमाणित साथै, वातावरणमैत्री (PEFC Certified) पनि रहेको छ। Ontex Global का प्रसिद्ध उत्पादन, बच्चाहरूको डायपर BabyCharm, Helen Harper नेपालमा आधिकारिक वितरक, Neom World Trade Pvt. Ltd ले नेपाली बजारमा बिक्री सुरु गरेको छ।

