Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्की

राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्की

आर्थिक पत्र
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा पहिलो सम्बोधन गर्ने भएकी छिन्। सर्वाेच्च अदालतको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की भदौ २७ गते जेनजी पुस्ताको समर्थनमा नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी हुन्।

    प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको दमन, तोडफोड, आगजनी, लूटपाट र त्यसपछि उत्पन्न परिस्थिति र त्यसको पुनर्निर्माण लगायतका विषयमा सम्बोधन गर्नेछिन्। आन्दोलनमा ज्यान गुमाएका ७४ जना सहिदको परिवारलाई राहत, घाइतेहरूको उपचार लगायतका विषयमा पनि सम्बोधन गर्नेछिन्।

    प्रधानमन्त्री नियुक्त भए लगत्तै प्रतिनिधि सभा विघटको सिफारिस गरेकी कार्कीले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने र त्यसलाई सफल पार्न राजनीतिक दलबीच सहमति र समझदारी आवश्यक रहेकाले सबैलाई आह्वान गर्ने अपेक्षा गरिएको छ।

    सरकारले आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गर्दै परिवारलाई राहत दिने र घाइतेहरूको निःशुल्क उपचार गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार