Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई हुन्डाई गाडी खरीदमा ८१ हजारसम्म छुट

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई हुन्डाई गाडी खरीदमा ८१ हजारसम्म छुट

आर्थिक पत्र
आइतवार, आश्विन १२ २०८२
  • काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा आवद्ध ग्राहक र कर्मचारीले हुन्डाईको गाडी खरीद गर्दा विशेष छुट पाउने भएका छन्।

    बैंक र हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेडबीच भएको सम्झौता अनुसार लक्ष्मी इन्टरकन्टिनेन्टलको देशभरका शाखाहरूबाट गाडी खरीद गर्दा छुट दिइने भएको हो।

    सो सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले लक्ष्मी इन्टरकन्टिनेन्टलबाट हुन्डाई ब्राण्डका विभिन्न मोडेलका गाडी खरीद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरीद रकममा थप ५० हजारदेखि ८१ हजारसम्म छुट हुने व्यवस्था गरिएको छ।

    सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टलको तर्फबाट महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार