काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी काठमाडौं अनिश्चितकालका लागि बन्द गरिएको छ।
होटलले जारी गरेको सूचनाअनुसार, भदौ २३ र २४ गते आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनी हुँदा संरचना र उपकरणमा ठूलो क्षति पुगेको छ।
सुरक्षा जोखिम र मर्मत–पुनर्निर्माणको आवश्यकताका कारण होटलले सम्पूर्ण व्यवसायिक सेवा बन्द गरेको जनाएको छ।
होटलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनद्वारा जारी सूचनामा भनिएको छ, “मर्मत तथा पुनर्निर्माण कार्य सकिएपछि मात्रै होटल पुनः सञ्चालनमा आउनेछ।”
बौद्धस्थित हायात रिजेन्सी देशकै प्रतिष्ठित पाँचतारे होटलमध्ये एक हो।

