Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार, गुप्ता-गौतमको शपथसँगै १० सदस्यीय सरकार गठन

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार, गुप्ता-गौतमको शपथसँगै १० सदस्यीय सरकार गठन

आर्थिक पत्र
आइतवार, कार्तिक ९ २०८२
  • काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् आइतबार दुई मन्त्री थपिएपछि १० सदस्यीय बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री र डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

    आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने तयारी भए पनि विवादका कारण उनीहरुको शपथ रोकिएको थियो।

    प्रधानमन्त्री कार्की भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त भएकी थिइन्। उनले भदौ ३० र असोज ६ गते आफ्नो मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार