Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

छठ पर्वको उल्लास, अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

छठ पर्वको उल्लास, अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

आर्थिक पत्र
सोमवार, कार्तिक १० २०८२
  • काठमाडौं । सूर्य भगवानको आराधना र आस्थाको पर्व छठ आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। विशेषगरी तराई मधेसका जिल्लाहरूमा धुमधामका साथ मनाइने यो पर्व देशका पहाडी र शहरी क्षेत्रमा पनि विस्तार भएको छ।

    श्रद्धालु महिलाहरुले बिहानदेखि निराहार रही सन्ध्याकालीन सूर्यलाई अघ्र्य अर्पण गर्ने परम्परा रहेका कारण आज नदी, पोखरी र तलाउहरुमा व्रतालुहरूको ठूलो भीड हुने गर्छ।

    छठ पर्वमा सूर्य भगवानप्रति कृतज्ञता व्यक्त गर्दै परिवारको दीर्घायु, सुख, समृद्धि र स्वास्थ्यको कामना गरिन्छ। यसै अवसरमा आज देशभर सार्वजनिक बिदा समेत रहेको छ जसकारण सरकारी कार्यालय, शिक्षण संस्था लगायत नेप्से समेत बन्द रहनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार