Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

शिवम् सिमेन्टकोे ‘नो कम्प्रमाइज’ अन्तर्गतको चौथो भिडियो सार्वजनिक

शिवम् सिमेन्टकोे ‘नो कम्प्रमाइज’ अन्तर्गतको चौथो भिडियो सार्वजनिक

आर्थिक पत्र
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा ‘नो कम्प्रमाइज’ अन्तर्गतको चौथोे भिडियो सार्वजनिक गरेको छ ।

    जहाँ एक जना जिम्मेवार डाक्टर जसले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकश्मीक आएको विरामिलाई अप्रेशन गरी आफ्नो जिम्मेवारीलाई पुरा गरेको देखाउदै “जिम्मेवारीको मामलामा ‘नो कम्प्रमाइज’ भन्ने सन्देश देखाईएको छ ।

    यसअघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत “कर्तव्यको मामलामा ‘नो कम्प्रमाइज’भन्ने सशक्त सामाजिक सन्देश मुलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो ।

    त्यैस्तै दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत “सर्तकताको मामलामा ‘नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजेको छ ।

    भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको थियो भने तेस्रो भिडियोमा जहाँ हाम्रो जिवनमा हुने एक एक सेकेण्ड समयको महत्वलाई दर्साउन दुई साथी विच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगि सकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारीत समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई समय संग जोडेर “समयको मामलामा ‘नो कम्प्रमाइज’ भन्ने सन्देश देखाईएको छ । उक्त सामाजिक सन्देश मुलक विज्ञापनहरु दर्शकहरुले अत्याधिक रुचाईएको थिए ।

    शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । ‘नो कम्प्रमाइज’ भन्न जति सजिलो छ त्यतिनै व्यवहारमा पुरा गर्न गाह्रो छ, तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ” भन्ने सन्देश मार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ ।

    शिवम् सिमेन्टले स्थापना कालदेखि नै केवल ओ।पी।सी। सिमेन्ट उत्पादन तथा विक्रि गर्दै आएको छ । कम्पनीले सधैं गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको छ र जस्तो सुकै परिस्थितीमा पनि आफ्नो ‘नो कम्प्रमाइज’को बाचा पुरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार