Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डिशहोमका ग्राहकलाई ‘डल्ले’को उपत्यकाभित्रका सबै आउटलेटमा छुट

डिशहोमका ग्राहकलाई ‘डल्ले’को उपत्यकाभित्रका सबै आउटलेटमा छुट

आर्थिक पत्र
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’ सँग सहकार्य गरेको छ। यस साझेदारीपछि डिशहोमका ग्राहकहरूले अब डल्ले रेस्टुरेन्टका काठमाडौं उपत्यकाका सबै आउटलेटहरूमा विशेष छुट पाउने भएका छन्।

    डिशहोमले हालै शुरु गरेको भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकले यो छुट सुविधा लिन सक्नेछन्। माइ डिशहोम एप प्रयोग गर्ने जो–कोही ग्राहकले आफ्नो कार्ड देखाएर डल्लेमा खानपिन गर्दा १० प्रतिशत छुट पाउने डिशहोमले जनाएको छ।

    यो सुविधा लिनका लागि ग्राहकले माइ डिशहोम एप मोबाइलमा डाउनलोड गरी लगइन गर्नुपर्नेछ। त्यसपछि एपमा रहेको प्रिभिलेज कार्ड देखाएर छुट पाउन सकिन्छ।

    सहकार्यलाई औपचारिक बनाउन डल्लेका म्यानेजिङ डाइरेक्टर आलोक योन्जोन र डिशहोमका डेप्युटी चिफ प्रडक्ट अफिसर आदित्य भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार