Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

खाता ब्लक हुने झुठो सन्देशको चेतावनी, खल्तीले गरायो सचेत

खाता ब्लक हुने झुठो सन्देशको चेतावनी, खल्तीले गरायो सचेत

आर्थिक पत्र
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई ठगी सन्देशबाट सचेत रहन महत्वपूर्ण सूचना जारी गरेको छ।  प्रयोगकर्ताहरूलाई ‘खाता ब्लक हुँदैछ’, ‘खाता निलम्बित भयो’ वा ‘तपाईंको खातामा समस्या आयो’ भन्ने भ्रामक सन्देशहरू पठाएर व्यक्तिगत विवरण माग्ने घटनाहरू देखिएको खल्तीले जनाएको छ।

    यस्ता सन्देशमा आएका लिंकमा क्लिक नगर्ने र आफ्नो व्यक्तिगत विवरण कुनै पनि परिस्थितिमा सेयर नगर्ने खल्तीले भनेको छ । ठगीका उद्देश्यले यस्ता सन्देश डिजिटल ठगहरुले पठाइरहेको बताइएको छ ।

    यदि प्रयोगकर्ताले यस्तो सन्देश पाएमा तुरुन्तै खल्तीको आधिकारिक सहयोग नम्बर वा फेसबुक म्यासेन्जरमार्फत सम्पर्क गर्न सकिने खल्तीले जानकारी दिएको छ। फेसबुक म्यासेन्जरमा @khalti.official मार्फत सम्पर्क गर्न सकिन्छ भने खल्ती एपमा “सहायता र सहयोग” खण्ड पनि उपलब्ध छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार