Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

इसेवा र शिखर इन्सुरेन्सले गर्यो ‘सहारा हेल्थ इन्सुरेन्स’ सार्वजनिक

इसेवा र शिखर इन्सुरेन्सले गर्यो ‘सहारा हेल्थ इन्सुरेन्स’ सार्वजनिक

आर्थिक पत्र
सोमवार, कार्तिक १७ २०८२
  • भुक्तानी सेवा प्रदायक इसेवा र शिखर इन्सुरेन्स कम्पनीले सहकार्यमा नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्सुरेन्स’ सार्वजनिक गरेको छ। 

    सेवाग्राहीलाई सहज र भरपर्दो डिजिटल स्वास्थ्य सुरक्षा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।

    ५ देखि ६५ वर्ष उमेर समूहका लागि उपलब्ध यो बीमाले अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधि उपचार, ल्याब परीक्षण र दूर्घटना उपचारका खर्च समेटेको छ। 

    बीमांक २ लाख, ३ लाख र ६ लाख रूपैयाँका तीन विकल्पमा उपलब्ध रहेको यो योजना एक हजार तीन सय ९९ बाट सुरु हुन्छ।

    देशभरका मान्यता प्राप्त अस्पतालमा उपचार खर्च फिर्ता पाउन सकिने र शिखर इन्सुरेन्सका २६ नेटवर्क अस्पतालमा नगदरहित सेवा प्राप्त हुने सुविधा छ। 

    साथै, एक पटकको निःशुल्क टेलिहेल्थ सल्लाह सेवा पनि समावेश गरिएको छ।

    ग्राहकले इसेवा एपमार्फत केही मिनेटमै बीमा खरिद गरी तुरुन्तै पोलिसी प्राप्त गर्न सक्नेछन्।

    इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, ‘सहारा हेल्थ इन्सुरेन्स बीमा डिजिटलाइजेशनतर्फको महत्वपूर्ण कदम हो, जसले स्वास्थ्य बीमालाई अझ सुलभ र पहुँचयोग्य बनाउनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार