Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

४ वर्षे विकास ऋणपत्र : सरकारले उठाउने तयारीमा १० अर्ब आन्तरिक ऋण

४ वर्षे विकास ऋणपत्र : सरकारले उठाउने तयारीमा १० अर्ब आन्तरिक ऋण

आर्थिक पत्र
मंगलवार, कार्तिक १८ २०८२
  • काठमाडौं । सरकारले आन्तरिक ऋण व्यवस्थापनको उद्देश्यसहित १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी थालेको छ। यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र–२०८६’ जारी गर्ने भएको हो।

    कार्यालयका अनुसार ४ वर्ष अवधि रहने सो ऋणपत्र कात्तिक १९ गते बोलकबोल (अक्सन) मार्फत बिक्री हुनेछ भने कात्तिक २० गते निष्काशन प्रक्रिया सम्पन्न गरिनेछ।

    यस ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीहरू तथा नेपाली नागरिकहरूले समेत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। इच्छुकलगायत सबैको बोलकबोल पेस गर्न सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार