Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

आर्थिक पत्र
मंगलवार, कार्तिक १८ २०८२
  • काठमाडौँ । सोमबार(कात्तिक १७) बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकमा १३ निर्णय सार्वजनिक गरेका हुन् ।मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता  घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ ।

    त्यस्तै स्विट्जरल्याण्डको जेनेभामा २०८२ मङ्सिर १ देखि ३ गतेसम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ । 

    नेपाल सरकार मन्त्रिपरिषद्_का २०८२ कात्तिक १७ गतेका निर्णयहरू_page-0001

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार