Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डिशहोमका ग्राहकलाई द ट्राङक्विलिटी स्पामा विशेष छुट

डिशहोमका ग्राहकलाई द ट्राङक्विलिटी स्पामा विशेष छुट

आर्थिक पत्र
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं । डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाममध्ये एक द ट्राङक्विलिटी स्पासँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष छुट सुविधाको व्यवस्था गरेको छ।

    डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत शुरु गरिएको यो सहकार्यबाट ग्राहकले प्रत्यक्ष लाभ लिन सक्ने र यसबाट ग्राहकको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने विश्वास डिसहोमले लिएको छ।

    डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा सबै स्पा र सलोन सेवामा २५ प्रतिशत, सबै सलोन सेवामा २० प्रतिशत तथा ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी (टीआईबीएसए) मा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट पाउनेछन्।

    लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पाले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरिसकेको छ। देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई स्वास्थ्य र मनोरञ्जनका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ।

    काठमाडौंस्थित टीआईबीएसएले ब्यूटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र समग्र वेलनेस सम्बन्धी व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्दै आएको छ। व्यावहारिक तालिम र अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा सञ्चालन हुने यो संस्थाले नेपालका आगामी पुस्ताका वेलनेस व्यवसायिकहरू तयार पार्ने उद्देश्य राखेको छ।

    यो सुविधा केवल सक्रिय डिशहोम ग्राहकहरूले ‘माई डिशहोम एप’ मार्फत प्राप्त गर्न सक्नेछन्। सम्झौतापत्रमा ट्राङक्विलिटी स्पा एण्ड सर्भिसेजका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका चिफ अफ न्यू प्रडक्ट डेभलपमेन्ट अफिसर सबिन महर्जनले हस्ताक्षर गरेका छन्।

    डिशहोमका सीईओ तारा मानन्धरले यो साझेदारीले नेपालको अग्रणी स्पा र सलोन ब्रान्डलाई डिशहोमका ग्राहकहरूका लागि थप मूल्य, सहजता र सन्तोषजनक अनुभव प्रदान गर्ने प्रतिबद्धतासँग जोड्ने बताइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार