Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

फुडमाण्डुको १५औँ वार्षिकोत्सव, विशेष अफरसहित देशभरका सहरमा सेवा विस्तार

फुडमाण्डुको १५औँ वार्षिकोत्सव, विशेष अफरसहित देशभरका सहरमा सेवा विस्तार

आर्थिक पत्र
बुधवार, कार्तिक २६ २०८२
  • काठमाडौँ ।  नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५औँ स्थापना दिवस मनाएको छ। सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको यो कम्पनीले सानो स्टार्टअपबाट सुरु भई आज देशका प्रमुख सहरहरूमा सेवा विस्तार गर्न सफल भएको छ।

    हाल फुडमाण्डुले काठमाडौँ उपत्यका, पोखरा, चितवन र बुटवल लगायतका सहरहरूमा १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरी अनलाइन खाना डेलिभरी सेवा प्रदान गर्दै आएको छ। कम्पनी मार्फत हजारौँ डेलिभरी राइडरहरू लाई रोजगारीको अवसर पनि उपलब्ध भएको छ।

    वार्षिकोत्सवको अवसरमा संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले फुडमाण्डुले ग्राहकहरूलाई घरमै स्वादिष्ट खाना पुर्‍याउने र रेस्टुरेन्ट व्यवसायलाई डिजिटल माध्यममार्फत विस्तार गर्न सहयोग गरेकोमा गर्व महसुस भएको बताए।
    त्यस्तै, मार्केटिङ म्यानेजर इनेशा भट्टराईले कम्पनी ‘खानासँगै खुसी डेलिभरी गर्ने’ आफ्नो मूल उद्देश्यमा अडिग रहेको बताइन्।

    फुडमाण्डुले १५औँ वार्षिकोत्सवको अवसरमा विशेष अफर पनि ल्याएको छ। कम्पनीले कात्तिक २५ देखि मंसिर १४ गतेसम्म काठमाडौं, पोखरा, चितवन र बुटवलका २०० भन्दा बढी रेस्टुरेन्टहरूमा विभिन्न परिकारहरूमा विशेष छुट उपलब्ध गराउने भएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार