काठमाडौँ। राइड शेयरिङ एप पठाओले मतदाता नामावली दर्ता गर्न जाने नागरिकलाई लक्षित गर्दै विशेष अफर ल्याएको छ । कम्पनीले काठमाडौँ उपत्यकामा रहेका प्रयोगकर्तालाई निर्वाचन कार्यालयसम्म आउजाउ गर्ने सहजताका लागि प्रति राइड ५० रुपैयाँ छुट दिने भएको हो ।
कम्पनीका अनुसार काठमाडौँ, ललितपुर वा भक्तपुरको जिल्ला निर्वाचन कार्यालयसम्म जान र आउन पठाओ राइड बुक गर्दा यस्तो छुट पाउन सकिनेछ । यस किसिमको छुट पाउन राइड बुक गर्ने समयमा पठाओ एपमा सम्बन्धित निर्वाचन कार्यालयको नाम समावेश गर्नुपर्ने हुन्छ ।जसमा District Election Office, Min Bhawan, New Baneshwor, District Election Office, Sallaghari वा District Election Office, Jawalakhel लेख्नुपर्नेछ ।
यस्तै जिल्ला निर्वाचन कार्यालय, मिन भवन, नयाँ बानेश्वोर, जिल्ला निर्वाचन कार्यालय, सल्लाघारी वा जिल्ला निर्वाचन कार्यालय, जावलाखेल पनि राख्न सकिनेछ ।

