Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कजारिया टायल्सद्वारा फेसबुक लाइभमार्फत ‘लक्की ड्र’ बम्पर विजेता घोषणा

कजारिया टायल्सद्वारा फेसबुक लाइभमार्फत ‘लक्की ड्र’ बम्पर विजेता घोषणा

आर्थिक पत्र
शुक्रवार, कार्तिक २८ २०८२
  • काठमाडौं । कजारिया टायल्सले आफ्नो उपभोक्ता योजना “कजारिया संगै गृह प्रवेश, घुमौं देश-विदेश!” को सफल समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा फेसबुक लाइभमार्फत गरेको छ।

    गत दुई महिनादेखि सञ्चालनमा रहेको यस राष्ट्रिय उपभोक्ता योजनामा, कजारिया टायल्सका ग्राहकहरूले रोमाञ्चक पुरस्कार जित्ने अवसर पाएका थिए। योजना अनुसार १००० वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रमा सहभागी हुन योग्य थिए, जस अन्तर्गत ४८ विजेताहरूलाई ‘बोट’को स्मार्टवाच प्रदान गरिएको थियो। तर सबैभन्दा आकर्षक पुरस्कार भनेको एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रा थियो।

    फेसबुक लाइभमार्फत भएको घोषणा कार्यक्रममा सयौं सहभागी र दर्शकहरूले उत्साहका साथ सहभागिता जनाएका थिए। कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक तथा मुख्य सञ्चालन अधिकृत ले ग्राहकप्रति आभार व्यक्त गर्दै भने, “कजारिया टायल्सप्रति तपाईंहरूले देखाउनुभएको माया र विश्वासका लागि हामी अत्यन्त आभारी छौं। यही विश्वासले हामीलाई अझ उत्कृष्ट गुणस्तर र आकर्षक डिजाइन प्रदान गर्न प्रेरित गर्छ।”

    ब्रान्ड एम्बासडर अभिनेत्री दिव्या रायमाझी ले पनि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “यस्तो प्रतिष्ठित र प्रिमियम ब्रान्डको एम्बासडर बन्न पाउँदा गर्वको अनुभूति भएको छ। हाम्रा भाग्यशाली विजेताले अब कजारियासँग अविस्मरणीय क्रुज यात्रा अनुभव गर्नेछन्।”

    अन्ततः, बम्पर पुरस्कार विजेताको घोषणा भयो। चितवनकी योजीना गुरुङ, जसले चितवनको मार्बल पसलबाट कजारिया टायल्स खरिद गरेकी थिइन्, उनी नै सिङ्गापुर क्रुज यात्रा जितेकी भाग्यशाली विजेता बनेकी छन्। विजेताको घोषणा सँगै नेपालभरका कजारिया ग्राहक र साझेदारहरूमा उत्साह र खुशीको वातावरण सिर्जना भयो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार