Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

काठमाडौंमा पहिलो एआई इन बैंकिङ्ग र फिनटेक सम्मेलन २०२५ हुँदै

काठमाडौंमा पहिलो एआई इन बैंकिङ्ग र फिनटेक सम्मेलन २०२५ हुँदै

आर्थिक पत्र
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं । पहिलो एआई इन बैंकिङ्ग र फिनटेक सम्मेलन २०२५ मङ्सिर ४ गते (नोभेम्बर २०, २०२५) काठमाडौंमा आयोजना हुने भएको छ। सम्मेलन फिनटेक अलायन्स नेपाल र काठमाडौं फिनटेक को संयुक्त पहलमा आयोजना हुँदैछ। फोनपे ले प्रस्तुती दिनेछ भने (Kathmandu Fintek)) लगायतका प्रतिष्ठित फिनटेक तथा टेक कम्पनीहरूले सहयोग गर्ने आयोजकले जनाएको छ । 

    उद्घाटन  कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर  बमबहादुर मिश्रले गर्नेछन्। सम्मेलनमा देश–विदेशका प्रतिष्ठित वक्ता, बैंक तथा फिनटेकका उच्च नेतृत्व, नियामक निकायका अधिकारीहरू उपस्थित हुनेछन्। करिब १५० भन्दा बढी सहभागीहरूको अपेक्षा गरिएको छ।

     वक्ताहरूले एआईद्वारा बैंकिङ, फिनटेक, भुक्तानी प्रणाली, साइबर सुरक्षा, ग्राहक अनुभव, जोखिम व्यवस्थापन र वित्तीय समावेशीकरणमा हुने रूपान्तरणबारे विचार प्रस्तुत गर्ने जनाइएको छ । उद्देश्यस् सम्मेलनले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा एआईको जिम्मेवार, सुरक्षित र प्रभावकारी प्रयोगबारे जागरुकता फैलाउने, क्षमता विकास गर्ने र व्यावहारिक छलफल गर्ने लक्ष्य राखेको छ।

    प्रमुख वक्ता र पदाधिकारीहरूमा भारतीय बैंकिङ तथा फिनटेकका विशेषज्ञ, एआई तथा डिजिटल समाधानका विशेषज्ञ, नेपाल राष्ट्र बैंक, व्यावसायिक बैंक, वित्तीय संस्था र फिनटेक कम्पनीका प्रतिनिधि रहने छन् । 

    काठमाडौं फिनटेकका संस्थापक तथा फिनटेक अलायन्स नेपालका पूर्व अध्यक्ष सन्जिब सुब्बाले सम्मेलनले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा एआईको जिम्मेवार र प्रभावकारी प्रयोग मुख्यधारामा ल्याउने महत्वपूर्ण मोड हुने विश्वास व्यक्त गरेका छन।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार