काठमाडौं। सरकारले सरकारी सवारी साधनहरूको पूर्ण (कम्प्रिहेन्सिभ) निर्जीवन बीमा गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । सरकारको यो निर्णयसँगै अब आगलागी वा दुर्घटना जस्ता कारणबाट सवारी साधनमा क्षति पुगेमा त्यसको आर्थिक भार सरकारी कोषमा नपर्ने भएको हो ।
गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सवारी साधनहरूको बृहत् बीमा गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन स्वरूप अर्थ मन्त्रालयले आफ्नो स्वामित्वमा रहेका २० वटा चार पांग्रे सवारी साधनको नेपाल बीमा कम्पनीमार्फत पूर्ण बीमा गराएको हो ।

