Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य

भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य

आर्थिक पत्र
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं। नेपालको अग्रणी होम-आधारित सेवा प्लेटफर्म, भेटायो इंक प्रा. लि. ले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड (HEI) सँग साझेदारी गरेको छ। HEI नेपालको विश्वसनीय गैर-जीवन बीमा कम्पनीमध्ये एक हो, जसले भरपर्दो र व्यापक बीमा समाधान प्रदान गर्दै आएको छ।

    यस साझेदारीमार्फत, भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज सुरु गरेको छ। यस पहलले ग्राहकलाई सेवा प्रदान गर्न जाने हरेक पेशेवरलाई अतिरिक्त सुरक्षा प्रदान गर्नेछ र भेटायोको आफ्नो कार्यबलप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ भन्ने कम्पनीले विस्वास लिएको छ।

    भेटायोले आफ्नो सेवा विस्तारको लक्ष्यको पछाडी  महत्त्वपूर्ण रुपमा रहेका सेवा प्रदायकलाई केन्दमा राखेको छ। दुर्घटना बीमा उपलब्ध गराएर हामी चाहन्छौं कि हाम्रा प्रदायकहरू सुरक्षित रहुन र आफ्नो करियर विकास गर्न उत्साहित” रहुन भन्ने चाहाना रहेको भेटायोका सह-संस्थापक, रोचन मान महर्जनले उल्लेख गरे।

    यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्र बढाउँदैन, नेपालमा सेवा उद्योगमा नयाँ मापदण्ड समेत तय गर्दछ, जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ। 

    भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई यसको समर्थन र पहल सफल बनाउन योगदान पुर्याएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ। दुवै संस्थाको लक्ष्य नेपालमा विश्वासिलो, जिम्मेवार, र आम मानिस-केन्द्रित सेवा को वातावरण निर्माण गर्नु हो।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार