Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

आर्थिक पत्र
मंगलवार, मंसिर २३ २०८२
  • काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या देखिएकाले रुग्ण ठेक्काहरु तोड्नुपर्ने बताएका छन्।

    नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको बिभिन्न क्षेत्रमा असर परेकाले रुग्ण ठेक्काहरु तोड्नुपर्ने बताएका हुन्।

    मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गरे। उनले ठेकेदार कम्पनीका तर्फबाट रुग्ण भएका ठेक्का कारवाही गर्दै तोड्ने गरिएको भन्दै कर्मचारीको कारण रुग्ण भएको ठेक्कामा समेत छानविन गरेर कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

    प्रतिशोध साधेर ठेक्का तोड्ने सरकारको कुनै नियत नरहेको उल्लेख गर्दै मन्त्री घिसिङले गलत काम गर्नेलाई कारवाही र राम्रा काम गर्नेलाई पुरस्कृत गरिने जिकिर गरे।

    मन्त्री घिसिङले सरकारी बजेट खर्च गर्नका लागि अर्थ मन्त्रालय लगाएतका अन्यमन्त्रालयहरुमा धेरै समस्या रहेको बताए। उनले आफूले तीन वटा मन्त्रालयको जिम्मेवारी लिइरहँदा कर्मचारीलाई अनावश्यक दवाव नदिएको तर नजिता आउनुपर्नेमा जोड दिएको उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार