Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ललितपुर महानगरपलिकाले आज १०७ औँ स्थापना दिवस मनाउँदै

ललितपुर महानगरपलिकाले आज १०७ औँ स्थापना दिवस मनाउँदै

आर्थिक पत्र
बुधवार, पौष २ २०८२
  • काठमाडौं । ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औँ स्थापना दिवस मनाउँदै छ । बुधबार ललितपुर महानगरपालिकाले १०७ औँ स्थापना दिवस मनाउन लागेको हो ।

    ललितपुर महानगरपालिका कला, संस्कृति सम्पदा र हरित सहरका रूपमा परिचित छ । विक्रम संवत् १९७५ पुस २ गते जारी भएको पाटन सवालबाट छेमडोल अड्डाको नामबाट सञ्चालन भई विसं २००९ मा ललितपुर नगरपालिका घोषणा गरिएको थियो ।

    त्यस्तै विसं १९१८ मा ललितपुर नगर पञ्चायत, २०४७ मा पुनः ललितपुर नगरपालिका, २०५२ मा ललितपुर उपमहानगरपालिका र २०७३ चैत १० गते ललितपुर महानगरपालिका घोषणा भएको थियो ।

    हाल महानगरप्रमुख चिरीबाबु महर्जन रहेका छन् । महानगरले आज प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा स्थापना दिवस भव्य रूपमा मनाउन लागेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार