Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कर्णाली सरकारको खातामा अझै २९ अर्बभन्दा बढी बजेट मौज्दात

कर्णाली सरकारको खातामा अझै २९ अर्बभन्दा बढी बजेट मौज्दात

आर्थिक पत्र
आइतवार, पौष ६ २०८२
  • सुर्खेत । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना बितिसक्दा कर्णाली सरकारको खातामा अझै २९ अर्ब भन्दा बढी बजेट मौज्दात रहेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सरकारको ढुकुटीमा अझै २९ अर्ब ७३ करोड ९९ लाख ५२ हजार ७१९ रुपैयाँ मौज्दात रहेको हो । यो तथ्यांक चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मको हो । ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ वार्षिक बजेट रहेको कर्णाली सरकारले ५ महिनाको अवधिमा जम्मा ९.८७ प्रतिशत अर्थात् ३ अर्ब २५ करोड ६७ लाख रुपैयाँ बराबर रकम मात्रै खर्च भएको छ । 

    विकास निर्माणसँग प्रत्यक्ष जोडिने पुँजीगत बजेटको खर्च अवस्था त झनै निराशाजनक छ । पुँजीगततर्फ कुल १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा मङ्सिर मसान्तसम्म जम्मा ८७ करोड ९ लाख १७ हजार २०७ रुपैयाँ खर्च भएको छ । यो कुल पुँजीगत बजेटको जम्मा ४.३६ प्रतिशत मात्रै हो ।यता चालु (प्रशासनिक) तर्फ भने १२ अर्ब ३९ करोड ८९ लाख ४२ हजार रुपैयाँ बजेट रहेकोमा २ अर्ब ३८ करोड ५७ लाख ८५ हजार अर्थात् १९.२४ प्रतिशत खर्च भएको छ ।सरकारी ढुकुटीमा अर्बौं रकम थन्किरहँदा विकास निर्माणका कामहरू भने प्रभावित भइरहेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार