Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एक करोड ६८ लाखमा कार्यालय निर्माण

एक करोड ६८ लाखमा कार्यालय निर्माण

आर्थिक पत्र
बिहिवार, पौष १७ २०८२
  • ढोरपाटन (बागलुङ)। तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।

    वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन निर्माण गरिएको छ । सभाहल दुई सय सीट क्षमताको छ । भवनले नौ आना जग्गा चर्चेको छ । निर्माण कम्पनीले भवन हस्तान्तरण गर्नासाथ सोही स्थानबाट सेवा प्रवाह हुनेछ ।

    वडा नम्बर १ र २ भाडाको भवनबाट सञ्चालन भइरहेको छ भने वडा नम्बर ६ को भवन निर्माणाधीन छ । वडा नम्बर ४ को भवन बनाउन जग्गा व्यवस्थापन गर्न बाँकी छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार