Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कमलामाईमा स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

कमलामाईमा स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

आर्थिक पत्र
बुधवार, पौष ३० २०८२
  • काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित माथिल्लो बजारको चेकपोष्टबाट स्रोत नखुलेको ठूलो परिमाणको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन्।

    खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमो चेकजाँचका क्रममा झापाको मेचीनगर नगरपालिका–३ निवासी ३४ वर्षीय युवराज नेवारको साथबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो।

    प्रहरीले उक्त रकमको वैध स्रोत खुल्न नसकेपछि नेवारलाई नियन्त्रणमा लिई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार