Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिन्धुलीमा नेपाल एसबीआई बैंक लुटपाट गर्ने ७ जना पक्राउ

सिन्धुलीमा नेपाल एसबीआई बैंक लुटपाट गर्ने ७ जना पक्राउ

आर्थिक पत्र
शुक्रवार, माघ २ २०८२
  • काठमाडौँ । सिन्धुलीको घ्याङलेख–२ मा नेपाल एसबीआई बैंकको शाखामा करोडौँ रुपैयाँको लुटपाट गर्ने ७ जना पक्राउ परेका छन् । पुस २९ गते साँझ करिब ७ः३० बजे ५ जनाको समूह बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीहरूलाई हातखुट्टा बाँधेर मुखमा टेप टाँस्ने गरी दुई कोठामा बन्धक बनाएको थियो। लुटेराहरूले शाखा प्रमुखलाई प्लास्टिकको नक्कली पेस्तोल देखाई डर देखाएर भल्टको ताल्चा खोल्न लगाएका थिए।

    बैंकको भल्टबाट ३ करोड ७ लाख रुपैयाँ बोरा र झोलामा राखेर फरार भएका थिए। घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बस्तीपुरको टोलीले कर्मचारीहरूलाई उद्धार गरेको थियो।

    प्रहरीले हालसम्म २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरेको जनाएको छ। यस घटनामा संलग्न सात जनालाई पक्राउ गरिएको छ।

    पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक साविक फलामेटार–२ निवासी सुमो चालक भगवत सिंह थापा, सिन्धुली घ्याङलेख–२ का चतुरमान बज्यु, चितवन भरतपुरका सशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्याका निरन गिरी र विवेक थापा, घरधनी छविलाल स्याङ्तान र १६ वर्षभन्दा कम उमेरका एक किशोर छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार