Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कम खर्चमा निर्वाचन सम्पन्न गर्न अर्थमन्त्रीको आग्रह

कम खर्चमा निर्वाचन सम्पन्न गर्न अर्थमन्त्रीको आग्रह

आर्थिक पत्र
आइतवार, माघ ४ २०८२
  • काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार निर्वाचन आयोगका पदाधिकारीसँग भएको छलफलमा उनले कमभन्दा कम खर्चमा प्रभावकारी रूपमा चुनाव गरिनुपर्ने बताएका हुन्।

    अर्थमन्त्री खनालले निर्वाचन सफल बनाउन आवश्यक स्रोत–साधन जुटाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै, निर्वाचन तयारीमा अहोरात्र खटिएका आयोगका पदाधिकारी तथा कर्मचारीको प्रशंसा गरे। उनका अनुसार सरकारको ध्यान पूर्ण रूपमा निर्वाचन व्यवस्थापनमा केन्द्रित छ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता चाँडै लागू गरिने जानकारी गराउँदै, त्यसबारे मन्त्रिपरिषद् र उच्च पदस्थ अधिकारीहरूलाई अवगत गराइने बताए।

    छलफलमा आयुक्त सगुनशम्शेर जबरा र जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतसहित आयोगका वरिष्ठ अधिकारीहरूले अर्थमन्त्रीलाई हालसम्मको निर्वाचन तयारीबारे जानकारी गराएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार