Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बढ्यो डिजेल र मट्टीतेलको मूल्य

बढ्यो डिजेल र मट्टीतेलको मूल्य

आर्थिक पत्र
आइतवार, माघ १८ २०८२
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार (माघ १८) बिहानदेखि लागू हुने गरी मूल्य बढाइएको हो।

    निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ। पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

    इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ (माघ १७, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ०.१२, डिजेलमा रु. ४.६६ र एलपी ग्यासमा सिलिन्डर रू. ४५.४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रु. १०८ ले घटेर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार