Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

निर्वाचन व्यवस्थापनका लागि १९ अर्ब १५ करोडको स्रोत सहमति, ६ अर्ब ३१ करोड निकासा

निर्वाचन व्यवस्थापनका लागि १९ अर्ब १५ करोडको स्रोत सहमति, ६ अर्ब ३१ करोड निकासा

आर्थिक पत्र
आइतवार, माघ १८ २०८२
  • अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयका अनुसार हालसम्म ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ। निर्वाचन तयारीलाई समयमै, व्यवस्थित र पारदर्शी बनाउन चरणबद्ध रूपमा स्रोत सहमति र बजेट निकासा प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। निर्वाचनसँग सम्बन्धित विभिन्न निकायलाई आवश्यकताका आधारमा बजेट उपलब्ध गराइएको पनि मन्त्रालयको भनाइ छ।

    निर्वाचन आयोगलाई निर्वाचन व्यवस्थापनका लागि सबैभन्दा बढी रकम उपलब्ध गराइएको छ। मन्त्रालयका अनुसार आयोगलाई १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँ र २० पुसमा १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ स्रोत सहमति प्रदान गरिएको थियो। यी दुई किस्तामार्फत आयोगलाई हालसम्म कुल ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै राष्ट्रिय अनुसन्धान विभागलाई १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिइएको छ। त्यसैगरी, नेपाली सेनालाई निर्वाचनसम्बन्धी उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ र निर्वाचन खर्च व्यवस्थापनका लागि २० पुसमा १ अर्ब ९४ करोड रुपैयाँ निकासा गरिएको छ।गृह मन्त्रालयतर्फ प्रतिनिधि सभा निर्वाचन खर्चका लागि १० अर्ब ३९ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ।यसैगरी, राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलाई ४ करोड ३१ लाख ७९ हजार रुपैयाँ स्रोत सहमति दिइएको मन्त्रालयले जानकारी दिएको छ। 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार